नौ महिनामा पाँचपटक टाउकोको शल्यक्रिया गरेपछि बालक अशक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नौ महिनामा पाँचपटक टाउकोको शल्यक्रिया गरेपछि बालक अशक्त

rehan neupane

काठमाडौं, १० पुस । चिकित्सकको लापरबाहिको कारण यतिखेर निकै पीडा भोगेका छन् काठमाडौं लैनचौर निवासी सञ्जीव न्यौपानेको परिवारले । चिकित्सकीय लापरबाहीका कारण न्यौपानेका १८ महिने छोरा रिहान न्यौपानेको जीवन जोखिममा परेको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको गलत उपचारका कारण उनको यो अवस्था भएको हो । सामान्य अवस्थामा जन्मिएको शिशुमा अस्पतालजन्य संक्रमण फैलियो ।

संक्रमण बढ्दै गएपछि शिशुमा मेनिनजाइटिस भयो । संक्रमणकै कारण मस्तिष्कको एक भाग विकास भएन । शिशु सामान्य रहेको भन्दै नौ महिनामा पाँचपटक न्युरो सर्जन डा. अमित थापाले शल्यक्रिया गरे । डा. दीपिका ढकालले शिशुलाई आवश्यकभन्दा बढी प्यारासिटामोल खुवाउन सिफारिस गरिन् । शिशु क्रमशः शारीरिक अपांगता मात्रै भएन मृत्युसँग लडिरहेका छन् । उपचारमा लापरबाही भएको उजुरीका आधारमा काउन्सिलले अनुसन्धान गर्‍यो, तर अस्पताल र सम्बन्धित चिकित्सकलाई सचेत मात्रै गराएर छाड्यो ।

अस्पतालले गरेको लापरबाहीका बारेमा नेपाल मेडिकल काउन्सिलले अनुसन्धानपछि कमजोरी भएको पुष्टि गरेको छ । तर, उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाहीबारे प्रष्टसँग सिफारिस नगर्दा उनीहरूले उन्मुक्ति पाएका छन् । काउन्सिलले अनुसन्धान प्रतिवेदन भने सार्वजनिक गरेको छैन । सामान्य अवस्थामा जन्मिएका रिहानको संक्रमण फैलिएर मेनिनजाइटिस भएको काउन्सिलका एक पदाधिकारीले बताए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);