पोखरा, ८ पुस । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा चितवन राइनोजले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ६८ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा मंगलबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएपछि काठमाडौंले १ सय ६८ रनको लक्ष्य पाएको हो ।
चितवनका लागि बाबर हायत ७० तथा रोहन मुस्तफाले ले अविजित ५९ रन बनाए । यस खेल काठमाडौंका लागि निकै महत्वपूर्ण रहेको छ । प्रतियोगिताको प्ले अफमा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ ।
चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ । जितले काठमाडौं प्ले अफमा पुग्नेछ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने प्ले अफ पुगिसकेको छ ।