काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएको सम्बन्धमा सरकारले सदनलाई स्पष्ट पार्नुपर्ने माग गर्नुभएको छ ।
राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा सांसद अधिकारीले ट्रष्टको जग्गा भाडामा निजी कम्पनीलाई दिनु र सोही कम्पनीका मालिकलाई ट्रष्टी बनाउनुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको समेत संलग्नता रहेको आशंका उब्जाएको भन्दै सोबारे सदनलाई जानकारी गराउन सरकारसंग माग गर्नुभएको हो ।
उहाँले नेपाल ट्रष्टको सम्पत्ति व्यक्तिगत लाभका लागि एउटा व्यापारिक समूहलाई हस्तान्तरण गर्नुको औचित्य पुष्टि गर्न सरकारलाई चेतावनी दिनुभयो ।
उहाँले भ्रष्टाचारका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई र गराईमा भिन्नता देखिएको भन्दै ट्रष्टको जग्गा विवादमा सरकारको संलग्नताको आशंका उत्पन्न भएको टिप्पणी गर्नुभयो ।