पीपीएल : साविक बिजेता पोखरा लिग चरणबाटै बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

पीपीएल : साविक बिजेता पोखरा लिग चरणबाटै बाहिरियो

पोखरा, ७ पुस । साविक विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटबाट बाहिरिएको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा एक्स्पर्ट धनगढीसँग ५ विकेटले पराजित हुँदै पोखरा प्रतियोगिताबाट बाहिरिएको हो । पोखराले दिएको ८० रनको सामान्य लक्ष्य धनगढीले ९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

धनगढीका दिपक पुनियाले २५ रन बनाए । यस्तै रोड्रिगो थोमसले १५ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रन बनाए । पोखराका प्रथामेश डाके र सराबजित लड्दाले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६ ओभर ३ बलमा अलआउट हुँदै ७९ रन बनाएको थियो । पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए ।

यस्तै विनोद भण्डारीले १२ रन बनाए । धनगढीका अनिल खरेलले ३ विकेट लिए । पोखरालाई पराजित गरेको धनगढीले ५ खेलबाट ४ अंक जोड्दै प्ले अफको सम्भावना कायम राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);