एजेन्सी, ७ पुस । सुपर कोपा इटालियाको उपाधि लाजिओले उचाल्यो, लाजिओसँग ३–१ गोल अन्तरले युभेन्ट्स पराजित ।
आइतबार राति साउदी अरबको किङ साउद युनिभर्सिटीको मैदानमा भएको फाइनलमा १० खेलाडीमा सिमित युभेन्ट्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै लाजिओले सिजनको पहिलो उपाधि जितेको हो । लाजिओलाई जित दिलाउन लुइस अल्बेर्टो, सिनाडा लुलिक र डानिलो कटाल्डीले एक एक गोल गरे ।
युभेन्ट्सका पाउलो डीबालाले एक गोल फर्काए । खेलको १६ औं मिनेटमा अल्बर्टोले गोल गर्दै लाजिओलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा डीबालाले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए ।
७३ औं मिनेटमा लुलिकले गोल गर्दै लाजिओको अग्रता २–१ को बनाए । खेलको ९० औं मिनेटमा रोड्रिगोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा युभेन्ट्स अन्तिम समय १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा डानिलोले गोल गर्दै लाजिओलाई ३–१ को जित दिलाए ।