तथ्यांकोवाच : हङकङ, जापान र मलेशियामा रू. ४३ अर्बको बन्दागोभीको बजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

तथ्यांकोवाच : हङकङ, जापान र मलेशियामा रू. ४३ अर्बको बन्दागोभीको बजार

thyanka

काठमाडौं, ७ पुस । सन् २०१८ मा विश्वको बन्दागोभीको कुल आयात १ अर्ब ८० करोड अमेरिकी डलर (रू. २७० अर्ब ५ करोड) बराबरको छ । विश्वमा बन्दागोभीको प्रमुख आयातकर्ता मुलुकमा संयुक्त राज्य अमेरिका, क्यानडा, हङकङ, जर्मनी, जापान र मलेशिया रहेका छन्  । एशियाली मुलुकहरू हङकङ, जापान र मलेशिया बन्दागोभीका प्रमुख आयातकर्ताका रूपमा छन् । यी तीन देशको बन्दागोभीको आयात ३५ करोड ७० लाख अमेरिकी डलर (रू. ४३ अर्ब ३० करोड) बराबरको छ । सोही वर्ष हङकङमा २२ करोड ३० लाख अमेरिकी डलर (रू. २५ अर्ब ६३ करोड), जापानमा ८ करोड ७० लाख अमेरिकी डलर (रू. ९ अर्ब ९८ करोड) र मलेशियामा ६ करोड ७० लाख अमेरिकी डलर (रू. ७ अर्ब ७४ करोड) बराबरको बन्दागोभी आयात भएको छ ।

नेपालको जलवायु र माटो बन्दागोभीको उत्पादनका लागि अति उपयुक्त छ । विषादीरहित जैविक बन्दागोभीको माग विश्वमा बढ्दो छ । यो परिस्थितिमा ‘हिमालयन ब्रान्ड’मा अग्र्यानिक बन्दागोभी निर्यात गर्न सकिने सम्भावना छ । विशेष पहल हुने हो भने एशियाली मुलुकहरू हङकङ, जापान र मलेशियाको बन्दागोभी आयातको आकर्षक हिस्सा नेपालले प्राप्त गर्न सक्छ । यसका लागि देशमा बन्दागोभीको उत्पादन बढाउने कार्यक्रम सञ्चालन गर्न जरुरी छ । यस्तै बजार सुनिश्चितताका लागि गहन रूपमा आर्थिक कूटनीतिलाई परिचालन गर्नुपर्छ । गुणस्तर प्रमाणीकरण, लेबलिङ, प्याकेजिङ र ढुवानीका प्रावधानहरू आयातकर्ता मुलुकमा निर्धारित मापदण्ड अनुकूल बनाउन पनि आवश्यक छ । साथै नेपाली उत्पादक कृषक र निर्यातकर्तालाई तटवर्ती मुलुकका उत्पादनसँगसँग प्रतिस्पर्धी हुनेगरी अनुदान, प्रोत्साहन र संरक्षण तथा अनन्तकालीन करमुक्तिको सुविधा प्रदान गर्नुपर्छ । यसो गर्न सकेमा हङकङ, जापान र मलेशियामा उपलबध रू. ४३ अर्ब ३० करोडको बजारबाट नेपालले धेरै फाइदा लिने सम्भावना देखिन्छ । नेपालले सानो परिमाणमा बन्दागोभी भारत निर्यात गरिरहेको सन्दर्भमा यसलाई विविधीकरण गरी अन्य एशियाली मुलुकमा पनि विस्तार गर्न जरुरी छ ।

आर्थिक अभियानबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);