काठमाडौं, ६ पुस । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले सोमबारबाट भौचर मेलाको आयोजना गर्ने भएको छ । भौचरमा आधारित छोटो अवधिको तालिमका सहभागिहरुलाई भौचर वितरण गरेर २ दिन भौचर मेला आयोजना हुने भएको हो ।
यो आर्थिक वर्षमा ३१ हजार ७ सय५० युवाहरुलाई तालिम दिने उद्देश्यले उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र उपत्यका भित्र भौचरमा आधारित छोटो अवधिको तालिमको आयोजना गर्ने लक्ष्यसहित भौचर मेलाको आयोजना हुने परियोजनाले जनाएको छ ।
भौचर मेलामा १० हजार ९ सय ४१ जनालाई भौचर वितरण गर्ने कार्यक्रम रहेको छ । मेलामा सहभागि हुन २६ हजार ३ सय ५९ जनाले आवेदन दिएका थिए ।