मुल्य मान्यता विपरित नक्कली लेखा परीक्षण नगर्न अर्थमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुल्य मान्यता विपरित नक्कली लेखा परीक्षण नगर्न अर्थमन्त्रीको आग्रह

arthamantri ko agraha

काठमाडौं, ६ पुस । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुल्य मान्यता विपरित नक्कली कम्पनीहरुको लेखा परीक्षण नगर्न लेखा परीक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले आइतबार आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड विषयक राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो आग्रह गर्नु भएको हो । लेखा परीक्षकको धर्म लेखापरीक्षण मात्रै नभएको र कुन कम्पनी के कस्तो उद्देश्यले स्थापना भएको छ त्यो पनि बुझ्नु जरुरी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले लेखापरीक्षकहरुका कारण भ्रष्टाचार बढ्दै गएको गुनासो गर्नु भयो । लेखापरीक्षकहरुले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको उहाँको भनाई थियो ।

यसैगरी महालेखापरीक्षक टंकमणि शर्मा लेखापरीक्षकहरु व्यवसायीक धर्मबाट विचलन भएको पाइएको बताउँदै त्यस्तो अवस्था आउन दिन नहुने बताउनुभयो । हिसाब मिलाएर गरिने भ्रष्टाचार केलाउन चुनौति रहेको उहाँले उल्लेख गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);