ह्याक भएका सबै स्थानीय तहका तथ्यांक रिकभर : महालेखा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ह्याक भएका सबै स्थानीय तहका तथ्यांक रिकभर : महालेखा

mahalekha karyalaya

काठमाडौं, १३ पुस । स्थानीय तहको ह्याक भएको सबै तथ्यांङकहरु रिकभर भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय कोष व्यवस्थापन प्रणाली’ ह्याक भएकोमा अहिले सबै तथ्याङ्कहरु रिकभर गर्न सफल भएको जनाएको हो ।

सह–महालेखा नियन्त्रक रमेश प्रसाद शिवाकोटीले पुष ४ गते उक्त सफ्टवेर ह्याक भएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उहाँले मंसिर ११ गते देखि पुष ४ गते सम्मको सबै तथ्याङ्कहरु नष्ट भएकोमा गत शुक्रबार रिकभर गर्न सफल भएको बताउनुभयो । उहाँले स्थानीय तहको ३९ हजार भौचर नष्ट भएकोमा १७ हजार भौचर पुनः प्रवृष्टि गरिएको बताउनुभयो ।

शिवाकोटीले सफ्टवेर ह्याक भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरिसकेको र कसले कहाँबाट ह्याक गर्‍यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समेत जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);