हाफ म्याराथनको उपाधि राजन र पुर्ण लक्ष्मीलाई | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

हाफ म्याराथनको उपाधि राजन र पुर्ण लक्ष्मीलाई

half marathon

काठमाडौं, ५ पुस । १३ औं संस्करणको काठमाडौं म्याराथन अन्तर्गत हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोक्का र पुर्ण लक्ष्मी न्यौपानेले जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको हाफ म्याराथनको पुरुषमा राजन र महिलामा पुर्ण लक्ष्मी पहिलो भएका हुन् ।

उपाधि जित्ने क्रममा राजनले निर्धारित दुरी १ घण्टा १० मिनेट २६ सेकेण्डमा पुरा गरे । पुरुषमा आर्मीकै हरि कुमार रिमाल दोस्रो हुँदा आर्मीकै राम जी बस्नेत तेस्रो भए । हरिले १ घण्टा ११ मिनेट १३ सेकेण्डको समय निकाल्दा राम जीले १ घण्टा ११ मिनेट २१ सेकेण्डको समय निकाले ।

महिलातर्फको उपाधि जित्ने क्रममा पुर्ण लक्ष्मीले १ घण्टा २८ मिनेट ०३ सेकेण्डको समय निकालिन । महिलामा आर्मीकी सानुमाया कार्की दोस्रो र पुलिसकी रेखा बिष्ट तेस्रो भईन् । सानुले १ घण्टा ३० मिनेट ०१ सेकेण्डको समय निकाल्दा रेखाले १ घण्टा ३१ मिनेट ३४ सेकेण्डको समय निकालिन ।

हाफ म्याराथनतर्फ महिला पुरुष दुवैको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रोले ७ हजार प्राप्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);