सरकारको २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक आयो : दिनानाथ शर्मा | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

सरकारको २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक आयो : दिनानाथ शर्मा

dinanath sharma

काठमाडौं, ४ पुस । राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले सरकारले आफ्नो २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक ल्याएको बताउनु भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा शर्माले देश आर्थिक समृद्धिको यात्रामा अगाडी बढेको भन्दै भौतिक संरचनाहरुको निर्माणका सन्दर्भमा सरकारले महत्वपूर्ण सफलता हासिल गरेको बताउनुभयो ।

एक फरक प्रशंगमा शर्माले विभिन्न समितिमा हुने विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रीहरु सहभागी नुहने गुनासो आएको भन्दै यसमा मन्त्रीहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।