अष्ट्रेलियाको जगंलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अष्ट्रेलियाको जगंलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा

Australia-firing

एजेन्सी, ४ पुस । अष्ट्रेलियाको जगंलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा गरिएको छ ।
आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

आगलागीका कारण कतिपय घरहरुमा क्षति पुगेको र विषाक्त हावा फैलिएको र त्यस क्षेत्रको तापक्रम ५० डिग्री सेल्सीयससम्म पुगेको जनाइएको छ ।

बिहीबार लागेको आगलागी नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ ।

अधिकारीहरुले आ–आफ्नो तरिकाले सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेका छन् ।

अष्ट्रेलियामा प्रायः हरेक बर्ष यस्तै अत्यधिक गर्मी हुने र गर्मीका बेलामा आगलागीका घटनाहरु पनि धेरै हुने गरेको अधिकारीहरुको भनाई छ ।

देशको सर्वा्धिक प्रदुषित भएको ‘न्यु साउथ वेल्स’ राज्यका १ सय भन्दाबढी ठाउँमा आगलागी भएको र आगलागी नियन्त्रण बाहिर रहेको जनाइएको छ ।

न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री ग्लाडीस बेरोजिक्लीनले सातदिनका लागि सङ्कटकालको घोषणा गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);