चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले हरायो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले हरायो

पोखरा, ३ पुस । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

बिहीबार पोखरा रंगशालामा २ सय ४ रनको विजय लक्ष्य पछ्याएको बुटवल ब्लास्टर्सलाई रनमा सिमित गरेर चितवनले १ सय १९ रनको फराकिलो जित हात पारेको हो ।

यो खेलमा पहिले व्याटिङ गरेको चितवनले कप्तान पारस खड्काको ६३, र रोहन मुस्तफाको ७० रनसंगै २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनायो । पीपीएलको एकै इनिङ्समा अहिलेसम्म बनेको यो सवैभन्दा ठुलो योगफल हो ।

जवाफमा बुटवलले १८ दशमलव ४ ओभरमा ८४ रन बनाउँदा सबै विकेट गुमायो । बुटवललाई ८४ रनमा सिमित गर्न करण केसीले ३ र रोहन मुस्तफाले २ विकेट लिए । पीपीएलमा चितवन राइनोजको यो लगातार दोस्रो जित हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);