एजेन्सी, ३ पुस । ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित, ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने टुंगो सिनेट बैठकले लगाउने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाउस अफ रिप्रिजेन्टिभ अर्थात तल्लो सदनले महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ ।
बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लगाउने प्रीताव पारित गरेको हो। राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा तल्लो सदनले सांसदले बहुमत दिएका थिए । महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको जनाइएको छ । अब माथिल्लो सदन सिनेटमा यसबारे सुनुवाइ हुनेछ जहाँ रिपब्लिकनहरुको बहुमत छ ।
बहसको सुरुमा बोल्दै सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्प प्रजातन्त्र र राष्ट्रिय सुरक्षाका लागि खतरनाक भएकाले महाभियोग लगाउनुको विकल्प नभएको जिकिर गरेका थिए । तल्लो सदनबाट त्यो प्रस्ताव पारित भएसँगै ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् । विगतमा दुईजना राष्ट्रपति बिल क्लीन्टन र एन्ड्रिउ जोन्सन विरुद्ध महाभियोग लगाइएको थियो ।