इट्टा उद्योग हटाउन माग गर्दै चन्द्रागिरीका स्थानीय आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

इट्टा उद्योग हटाउन माग गर्दै चन्द्रागिरीका स्थानीय आन्दोलित

काठमाडौं, १ पुस । चन्द्रागिरी नगरपालिकाका स्थानीयहरु त्यस क्षेत्रमा सञ्चालित इट्टा उद्योगहरु हटाउन भन्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले इट्टा भट्टाका कारण आफुहरुको स्वास्थ्यमा गम्भिर असर पारेकोले त्यस क्षेत्रमा सञ्चालित सबै इट्टा भट्टा हटाउनुपर्ने माग गदैं सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले २०७२ सालदेखि हटाउन माग गर्दै आएपनि अहिलेसम्म नहटाइएकोले फेरी आन्दोलन गर्नुपरेको बताएका हुन् ।

इट्टा भट्टा पीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेले २०७२ सालमा सर्वदलिय बैठकद्धारा चन्द्रागिरी नगरपालिका भित्रका सम्पूर्ण इट्टा उद्योगहरु बन्द गराउने निर्णय भएको र नगरपालिकाले हटाउन पत्राचार गरेपनि अहिले सम्म नहटेकोले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

उहाँले इट्टा उद्योगको विरोध नभई त्यसबाट स्थानीयहरुको स्वास्थ्यमा पारेको असरको विरोध भएको समेत बताउनुभयो । संयोजक घिमिरेले नगरपालिकाले इट्टा उद्योग बन्द गर्न चासो नदेखाएको आरोप समेत लगाउनुभयो ।

उहाँले इट्टा उद्योगका कारण त्यस क्षेत्रको वातावरण समेत विग्रिएको बताउनुभयो । चन्दागिरी नगरपालिका भित्र १४ वटा इट्टा उद्योगहरु सञ्चालनमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);