कास्की २ बाट निर्वाचित सांसद विद्याको सपथग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कास्की २ बाट निर्वाचित सांसद विद्याको सपथग्रहण

काठमाडौं, १ पुस । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विद्या भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ । तीन वर्ष बाँकी छन् । यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो ।

दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो । यी दुबै काम तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु । यी कामहरु पुरा गर्छु’, उहाँले भन्नुभयो ।

मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी हुनुभएका भट्टराईर्लाइ उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराउनुभएको हो । उपनिर्वाचनमा उहाँले २४ हजार ३९४ मत ल्याउनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);