राजनीतिक दलले जनताको इच्छा अनुरुप काम नगर्दा मुलुकको विकासमा बाधा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजनीतिक दलले जनताको इच्छा अनुरुप काम नगर्दा मुलुकको विकासमा बाधा

नारायण काफ्ले
काठमाडौं, ३० मंसिर । सैद्धान्तिक रुपमा भन्दा दलका नेताहरुले राष्ट्रिय स्वार्थ अनुरुप काम गर्नु पर्ने हो । तर राजनीतिक दलका नेताहरुले जनताको इच्छा अनुरुप काम गर्न नसक्दा मुलुकको विकासमा बाधा पर्दै आएको छ ।

गुटगत स्वार्थ भन्दा माथि उठ्न नसकेका नेताहरु, भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो संरक्षण गर्न लागेको पनि देखिन्छ । दलहरुको यो प्रवृतिले देशको विकास र प्रशासनमा नकारात्मक असर परेको बुद्धिजीवीहरुको बुझाइ छ ।

दलहरुले नागरिकको आकांक्षा र स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । तर दलका नेताहरुको भनाई र व्यवहार फरक पाइन्छ । चुनावी घोषणापत्रमा पनि दलहरुले यस्तै प्रतिबद्धता गरेर चुनाव जित्ने गर्छन् ।

तर नेताहरुको दैनिकी भने आफ्नै व्यक्तिगत र गुटगत लाभ हानीको हिसाबमा बितिरहेको छ । जसको कारणले विकासका कुराहरुमा एकजुट देखिन्न । अझ दलका नेताहरु गुटलाई परिचालन गरेर फाइदा लिन उद्यत देखिन्छन् ।

राष्ट्रिय गौरबका आयोजनामा समेत एकमत भएर दल भित्र नै काम भएको छैन । विकासका मुद्दाहरुमा एकजुट हुनुपर्ने नेताहरु यो वा त्यो बहानामा आफ्नै दुनो सोझ्याइरहँदा भएका विकास पनि शक्तिशाली गुटका नेताको क्षेत्रमा मात्र भएका छन् । दलका नेताको यस्तो कार्यको परिणाम नै समानरुपमा विकास नभएको विकास विज्ञको बुझाई छ ।

दलका नेता संविधानपछि आफ्नो विधान अनुसार चल्नुपर्छ । विधानले गुटको परिकल्पना गरेको हुँदैन । संविधान र विधानको कुराले नेताहरुलाई आचरणमा चल्न र काम गर्न सिकाउँछ ।

तर नेताहरुले यसलाई पालना गरेको पाईदैन । भ्रष्टाचार गर्ने र गर्न सघाउनेलाई नेताहरुले पहुँच नै नदिनु पर्ने हो तर नेताहरु नै विकासको कामममा बाधक बनेका घरमा बस्नेदेखि ठेक्कापट्टा उसैलाई दिनेसम्मका काम गरिरहेका छन् ।

जुन ठेकेदारले अर्बाै अर्बको ठेक्का लिएर समयमै काम नगरी आयोजना अलपत्र पारेका छन् तिनै ठेकेदार कि दलका सांसद हुन्छन कि नेताहरुको संरक्षणमा रहेका व्यक्ति हुन्छन् ।

सरकारमा रहेका व्यक्तिहरु सिद्धान्त या दलको भन्दा पनि यो व्यक्तिको भनेर पहिचान बन्नुले समग्र विकासलाई असर पु¥याएको राजनीति शास्त्रीको धारणा छ ।

दलहरु आआफ्नो गुटमा रमाउनुले अझै पनि हाम्रो राष्ट्रिय स्वार्थ केहो भन्ने मै एकमत हुन सकिरहेको छैन । एकै छाता भित्र बसेर व्यक्तिवादमा रमाउनुले संस्था धराशायी त बनेको छ नै राष्ट्रलाई पनि कमजोर बनाएको छ ।

दलहरुको आन्तरिक खिचातानीले अन्तरदलीय सम्बन्ध पनि सत्तायात्राको सोपानमा सीमित भएको छ । फलस्वरुप बाह्य देशले दलका नेतालाई प्रयोग गरेर स्वार्थ सिद्ध गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);