काठमाडौं, २९ मंसिर । सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु बिश्व स्वास्थ्य संगठन डब्लुएचओको मान्यता प्राप्त नभएको बताएका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा समितिका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओको मान्यता प्राप्त नभएको बताउनुभएको हो । उहाँले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पु¥याउँदा त्यसको तपक्रम कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम गर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
समितिकी सभापति जयपुरी घर्तीले खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवस्यक रहेको बताउनुभयो ।
छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने सबै खोपहरु प्रमाणीकरण गरिएका मात्रै प्रयोग भएको बताएका थिए ।