सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्नेमा कुलमानको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्नेमा कुलमानको जोड

kulmansingh ghising

काठमाडौं, २६ मंसिर । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतिकरण गर्न सके आन्तरिक बजारको बृद्धि हुने बताउनुभयो ।

क्षेत्रिय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उहाँले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल जारी रहेको बताउनुभयो ।

प्रबन्ध निर्देशक घिसिङले नेपालमा जलविद्युत तथा सोलारको माध्यमबाट विद्युत उत्पादन बढाउन लागिएको समेत बताउनुभएको छ । माथिल्लो तामाकोशी सम्पन्न गरि छिट्टै विद्युत आपूर्ति बढाउने योजनामा प्राधिकरण रहेको समेत उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);