न्यूजिल्याण्ड ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

न्यूजिल्याण्ड ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ५ पुग्यो

new zealand volcano

एजेन्सी, २४ मंसिर ।  न्यूजिल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ भने अन्य ८ जना हराइरहेका छन् । सोमबार ह्वाइट आइल्याण्डमा पर्यटकहरु घुम्न गएकै बेलामा ज्वालामुखी विस्फोट भएको हो ।

उक्त ज्वालामुखी विस्फोट ३४ मानिस बच्न सफल भएका छन् भने ३१ जनाको अझै अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उपचार भइरहेका मध्ये दुई जना बेलायती महिला रहेको न्यूजील्याण्डस्थित बेलायती हाइ कमिस्नर लाउरा क्लर्कले जनाएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनका अनुसार मृत्यु भएका ५ जना मध्ये ३ जना अष्ट्रेलियन नागरिक भएको अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);