आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने

rastriya sabha

काठमाडौं, २३ मंसिर । राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले छलफल सुरु गरेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने भएपछि निर्वाचन आयोगले सोमबार निर्वाचनका लागि छलफल गरेको हो । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संघीय संसदबाट पत्र पाप्त भएको बताउँदै १८ जना सदस्यको लागि निर्वाचन गर्नुपर्नै बताउनुभयो ।

एक जना भने सरकारको सिफारीसमा राष्ट्रपतिले मनोनित गरी आउने उहाँले बताउनुभयो । उहाँले प्रदेश १ मा ३ जना, प्रदेश २ मा ४ जना, प्रदेश ३ मा २ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी कुल १८ जनाको निर्वाचन गराउनु पर्ने बताउनुभयो ।

यो निर्वाचनमा पनि अन्य निर्वाचनमा जस्तै दल दर्ता देखि प्रक्रिया सुरु गरी सदस्यहरुको पदावधि सकिन भन्दा ३५ दिन अघि नै नतिजा बुझाउनु पर्ने व्यवस्था ऐनले गरेको छ । सोही अनुसार आगामी माघ १५ गतेभित्र निर्वाचन सम्पन्न गरी नतिजा बुझाउनुपर्ने प्रमुख निर्वाचन आय्ुक्त थपलियाले बताउनुभयो ।

छलफलमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले निर्वाचन आयोगले दिएको सुुझावका आधारमा सरकारले मिति तोक्ने जनाउँदै आयोगले सबै प्रकृया पुरा गरी निर्वाचन गराउन सरकारको पूर्ण सहायोग रहने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्यका लागि हुने यो निर्वाचनमा निर्वाचन मण्डमलमा सम्मिलित प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले संघीय कानुन बमोजिम मतदान गर्न पाउने छन् ।

निर्वाचन मण्डलमा रहेका सबै तहका व्यक्तिहरुको मतको भार भने फरक फरक हुने छ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी ५६ जना निर्वाचनबाट आउने छन् ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तिमा १ जना महिला सहित ३ जना मनोनित हुने व्यवस्था छ । राष्ट्रिय सभामा कुल ५९ जना सदस्य रहने व्यवस्था रहेको छ । अहिले निर्वाचन हुने सदस्यहरुको पदावधि भने ६ वर्षको हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);