चितवनमा अटो रिक्सा दुर्घटना हुँदा ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चितवनमा अटो रिक्सा दुर्घटना हुँदा ५ जनाको मृत्यु

chitwan auto riksa DURGHATANA

चितवन, २२ मंसिर । चितवनको राप्ती नगरपालिका–४ मा शनिबार साँझ अटो रिक्सा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन् भने अन्यको नाम र ठेगाना खुल्न सकेको छैन । एक २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते भई उपचारका लागि ल्याइएका मध्ये तीनको पुरानो मेडिकल कलेजमा र अन्य दुईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);