अब प्रचण्ड प्रधानमन्त्री बन्ने बिजुक्छेको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

अब प्रचण्ड प्रधानमन्त्री बन्ने बिजुक्छेको दाबी

काठमाडौं, २० मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।

शुक्रवार भक्तपुरमा भएको एक कार्यक्रममा बिजुक्छेंले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई हेरेर पनि दाहाल प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य प्रति लक्षित गर्दै सरकारमा रहेका उच्च तहका ब्यक्तिहरुको स्वास्थ्यबारे भारत र अमेरिका जानकार रहेको र ओलीको स्वास्थ्य अवस्थाकै कारण भारतको डिजाइन अनुसार अव दाहाल प्रधानमन्त्री बन्ने बताउनु भयो ।

अध्यक्ष बिजुक्छेंले भारतले मिचेको भुभाग लिपुलेक, कालापानी र लिम्पियाधुराबाट भारतीय सैनिक हटाउ भन्नु पर्ने सरकारले कुटनीतिक पहलका आधारमा समस्या समाधानको उपाय खोज्नु आफ्नो भुभाग गमाउनु रहेको उल्लेख गर्नुभयो ।