नेपालप्रति जापानले महत्वपूर्ण सहयोग गर्दै आएको छ : परराष्ट्र मन्त्री ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेपालप्रति जापानले महत्वपूर्ण सहयोग गर्दै आएको छ : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौं, २० मंसिर । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपालमा भएका प्राकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको बताउनुभएको छ । शुक्रबार जापानीज सहयोग नियोग जाइका नेपालले आयोजना गरेको एक कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालको विकास साझेदारको रुपमा जाइकाले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभएको हो ।

उहाँले नेपाल उच्च भूकम्पीय जोखिम भएको मुलुक भएकाले पनि जापानको सहयोग प्रकृतिक प्रकोप व्यवस्थापनमा महत्वपूर्ण हुने बताउनुभयो। मन्त्री ज्ञवालीले नेपालले भ्रमण वर्ष २०२० को अवसरमा सगरमाथा संवाद गर्न लागेको समेत जानकारी गराउनुभयो । उहाँले जाइकालाई नेपालको पुनःनिर्माण, स्वास्थ्य, शिक्षा, पुर्वाधार निर्माण लगायतका क्षेत्रमा गरेको सहयोगलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जापान सरकार, जाइका तथा अन्य अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको कारण नेपालले पुनःनिर्माणको कामलाई गति दिन सकेको बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);