चिकित्सकको बलात्कारपछि हत्या गरेका चार आरोपीको "प्रहरी इन्काउन्टर"मा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

चिकित्सकको बलात्कारपछि हत्या गरेका चार आरोपीको “प्रहरी इन्काउन्टर”मा मृत्यु

india RAPER

एजेन्सी, २० मंसिर । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार आरोपीको “प्रहरी इन्काउन्टर”मा मृत्यु भएको छ ।

बुधबारदेखि प्रहरी नियन्त्रणमा रहेका ४ जनाको “प्रहरी इन्काउन्टर”मा शुक्रबार मृत्यु भएको संचार माध्यमहरुले जनाएका छन् । ती चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोज्दा उनीहरूले प्रहरीको बन्दुक खोसेर भाग्न खोज्दा प्रतिकार गरेको भिडन्तमा ४ जना मारिएको भारतीय प्रहरीको दावी छ ।

हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् । गत साता ती पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि मुलकभर आक्रोश उत्पन्न भएको थियो ।

बिहिबार भारतको उत्तर प्रदेशमा २३ वर्षीया ‘बलात्कार पीडित’ महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएपछि उनको अस्पतालमा उपचार भइरहेको छ । उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सो मुद्दाको बहस सुन्न अदालत जाँदै थिइन् ।