काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शुक्रबारबाट पोखरामा आर्चरीका खेल सुरु हुनेछन् । शुक्रबारबाट सातदोबाटोको कराते कबर्डहलमा बक्सिङका पहिलो चरणका प्रतिस्पर्धा हुनेछन् ।
जनकपुरमा कुस्ती खेल पनि आजै सुरु हुनेछ । दशरथ रंगशालामा एथ्लेटिक्स अन्तर्गत विभिन्न प्रतिस्पर्धाहरु हुने छन् । जसमा महिला ५ हजार मिटरमा सन्तोषी श्रेष्ठबाट नेपालले पदकको आशशा गरेको छ । यसैगरी पोखरामा ब्याडमिन्टनमा सबै इभेन्टका फाइनल प्रतिस्पर्धा हुनेछन् । त्रिपुरेश्वरको दशरथ रंगशालामा बास्केटबलका खेल जारी रहनेछन् ।
पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्सबीच कीर्तिपुरमा खेल हुनेछ । फेन्सिङमा ३ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । गल्फमा फाइनल चरणका खेल हुनेछ । ह्यान्डबल र कबड्डीका खेल पनि जारी रहनेछन् । सुटिङ पनि शुक्रबार जारी हुनेछ । आजैबाट स्क्वास सुरु हुनेछ । पौडीमा ७ स्वर्णका लागि भिडन्त हुनेछ । टेवलटेनिसमा शुक्रबार अन्तिम चरणका खेल हुनेछन् ।