पर्यटन बर्ष २०२० नजिकिदै गर्दा तिलौराकोट ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पर्यटन बर्ष २०२० नजिकिदै गर्दा तिलौराकोट ओझेलमा

कपिलबस्तु, १८ मंसिर । सरकारले भ्रमण बर्ष २०२० लाई सफल गर्न, भौतिक पुर्वाधार, प्रचारप्रसार लगायतका तयारीहरु तीब्र रुपमा गरिरहेको छ । तर प्रचुर पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक तिलौराकोटलाई समेट्न नसकेको स्थानीय बासिन्दादेखि स्थानीय जनप्रतिनिधिको गुनासो रहेको छ ।

पर्यटन बर्षको प्रचारका लागि बनाइएको सामग्रीमा तिलौराकोटलाई नसमेटिँदा गुनासो आउन थालेको हो । नेपाल भ्रमण बर्ष २०२० का लागि नेपाल सरकारले विभिन्न पर्यटकीय स्थलहरुको जानकारी सहित वेबसाइट मार्फत पनि प्रचारप्रसार गरिरहेको छ ।

त्यसैगरी लुम्बीनी विकास कोषले पनि लुम्बीनीका प्रमुख पर्यटकीय क्षेत्रहरुलाई समेटेर वेबसाइट मार्फत प्रचारप्रसार गरिरहेको छ । तर यी दुवै वेबसाइटमा कपिलवस्तुको ऐतिहासिक पर्यटकीय स्थल तिलौराकोटलाई पर्यटकीय गन्तव्यको रुपमा नसमेटिएकोमा तिलौराकोटवासी तथा स्थानीय तहले आपत्ति जनाएका छन् ।

प्रचारप्रचारका लागि तयार गरिएको सामग्रीमा तिलौराकोटको तस्बिर समेत कतै राखिएको छैन । स्थानीयवासी भने तिलौराकोटलाई प्रमुख पर्यटकीय गन्तब्यको सुचीमा राख्नु पर्ने माग गरीरहेका छन् ।

भारतमा नक्कली कपिलवस्तु बनाएर पर्यटकहरुलाई भ्रमछर्ने काम गरिरहेको बेला नेपालमा ऐतिहासिक महत्व बोकेको तिलौराकोटलाई पर्याप्त प्रचार नगरिएको स्थानीयको गुनासो छ ।

कपिलवस्तु जिल्लामा रहेको प्राचिन तिलौराकोट गौतम बुद्धका बाबु राजा शुद्धोधनको दरबार हो । जहाँ गौतम बुद्धले ज्ञान प्राप्त गर्नु अघि आफ्नो जिवनको २९ बर्ष बिताएका थिए ।

नेपाल भ्रमण बर्ष २०२० बर्षको प्रचार गरिरहँदा बुद्धले २९ बर्ष विताएको तिलौराकोट भने गुमनाम जस्तै बनेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताउनु भयो ।

यता त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद बृजेश कुमार गुप्ताले आफुुले संसदमा यो बिषय उठाएपनि सुुनुुवाई नभएको बताउनु हुन्छ ।

बिश्वमा नेपाललाई चिनाउने गौतम बुद्ध जन्मिएको स्थानलाई नेपाल सरकारले आफ्नो आधिकारीक गन्तब्य नबनाउँदा बुद्धका बारेमा भईरहेका भ्रामक प्रचारलाई झन् प्रोत्साहित गरेको स्थानीयहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);