कांग्रेसका शीर्ष नेताले आज सर्लाही र रौतहटमा चुनावी सभालाई सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

काठमाडौं, २९ भदौ । आज नेपाली कांग्रेसका शीर्ष नेताहरुले सर्लाही र रौतहटको चुनावी सभालाई संबोधन गर्ने भएका छन्। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत केन्द्रीय नेताले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्ने कार्यक्रम छ।

त्यस्तै देउवाले बेलुका ४ बजे रौतहटको गरुढा चिनी मिलको मैदानमा हुने आमसभालाई संबोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ।रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि प्रधानमन्त्री देउवासहित शीर्ष नेताको टोली भोली शुक्रबार हुने सभालाई संबोधन गर्न जाज नै वीरगञ्ज जाने कार्यक्रम छ ।