साग पुरुष भलिबल : भारत र पाकिस्तानको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

साग पुरुष भलिबल : भारत र पाकिस्तानको विजयी सुरुवात

sag volleyball india vs bangladesh

काठमाडौं, १२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलमा भारतले पहिलो खेल जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै भारतले पहिलो खेल जितेको हो ।

भारतले बंगलादेशलाई २५–१८, २५–१४ र २५–१५ ले पाखा लगायो । जितसँगै भारत सेमिफाइनल नजिक पुगेको छ । समूह ’ए’ को भारतले २ अंक जोडेको छ । अब भारतले शुक्रबार अन्तिम खेलमा नेपालसँग खेल्नेछ । बंगलादेशको यो पहिलो हार हो ।

यस अघि बुधबार बंगलादेशले नेपाललाई हराएको थियो । बंगलादेशको पनि सेमिफाइनल सम्भावना कायम रहेको छ । शुक्रबार हुने भारत र नेपालबीचको खेलबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ । नेपाललाई सेमिफाइनलमा स्थान बनाउन भारत विरुद्ध स्पस्ट जितको आवश्यकता रहेको छ ।

बिहीबार नै भएको समूह ‘बी’को खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);