संवेदनशील विषयमा आपत्तिजनक अभिव्यक्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

संवेदनशील विषयमा आपत्तिजनक अभिव्यक्ति

sher bahadur deuwa

काठमाडौं, ९ मंसिर । “भारतीय सुरक्षा बल रहेको कालापानीलगायतको भूमि नेपालको हो । कालापानी पश्चिमको नदी महाकाली नदी हो । सो पूर्वका हाम्रा सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लागि हाम्रो पूर्ण साथ रहने छ । ”

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत कात्तिक २३ गते आफ्नो ट्विटरमार्फत दिनुभएको अभिव्यक्ति हो यो । तर १५ दिन नबित्दै उहाँको अभिव्यक्ति फेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सार्वजनिक गरेको नक्साका बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो । त्यो बैठकमा पनि सभापति देउवाले भारतले सार्वजनिक गरेको नक्सा सच्याउनका लागि सरकारले चाल्ने हरेक कदममा आफ्नो समर्थन रहने प्रतिबद्धता जनाउनुभएको थियो । तर जनाएको प्रतिबद्धता फेरिएको छ ।

कास्कीको पोखरामा काँग्रेसले मङ्सिर ७ गते आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले प्रधानमन्त्री ओलीसँग भित्री रूपमा सल्लाह गरेरै भारतले नक्सा छापेको हो, प्रधानमन्त्री ओलीको सहमतिबिना भारतले छाप्नै सक्दैन भनी अभिव्यक्ति दिनुभएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);