फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८१, मंगलबार

फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं, ६ मंसिर । सरकारले फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको हो ।

शुक्रबार नेपाल चेम्बर अफ कमर्सले फिनल्याण्डका उद्योगी व्यवसायीहरुसँग गरेको एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहाँले विश्व बैंकले सार्वजनिक गरेको डुईङ बिजनेस इन्डेक्सले पनि नेपालमा लगानीका लागि वातावरण बन्दै गएको देखाएकाले नेपालमा लगानी गर्न उपयुक्त हुने बताउनुभयो । सचिव अर्यालले नेपालमा वैदेशिक लगानी आएमा सरकारले एकद्वार प्रणालीमार्फत् सेवा दिने नीति लिएको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा नेपालका लागि फिनल्याण्डका राजदुत पेरटी एन्टीनेनले दुई मुलुकबीचका उद्योगीहरुको सम्बन्ध बलियो हुँदै गएकाले लगानी र व्यापारका आधारहरु बन्दै गएको बताउनु भयो । उहाँले फिनल्याण्डका लगानीकर्ताहरु नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको समेत बताउनु भयो । कार्यक्रममा नेपाली व्यवसायीहरुले फिनल्याण्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);