राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु, पर्यटनमन्त्री भट्टराईद्धारा शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु, पर्यटनमन्त्री भट्टराईद्धारा शुभारम्भ

yogesh bhattarai cycelyatra

काठमाडौं, ६ मंसिर । राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु भएको छ । शुक्रबार पर्यटनमन्त्री योगेश भट्टराईले राजधानीको पशुुपति क्षेत्रबाट साइकल यात्राको शुभारम्भ गर्नुभएको हो ।

समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष १८ जना महिला सहित १ सय ६७ साइकल यात्रीहरु सहभागि छन् ।

शुक्रबार सुरु भएको साइकल यात्रा जनकपुरको जानकी मन्दिरमा पुगेर समापन हुनेछ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवर्धन गर्न चार बर्षदेखि राइड टु सिन्धुलीगढी आयोजना गर्दै आएको छ ।साइकल यात्रीले २ सय ५० किलोमिटरको यात्रा ४ दिनमा पुरा गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);