वर्षाका कारण उदयपुरका दर्जनौं ग्रामीण सडक क्षतिग्रस्त | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

गोपाल पोखरेल, २८ भदौ, उदयपुर । तराई र पहाडलाई जोड्ने दर्जनौं ग्रामीण सडक वर्षाका कारण क्षतिग्रस्त बनेपछि उदयपुरको आन्तरिक यातायात प्रभावित भएको छ । जंगलबाट आएको भेल, बाढी र खहरे खोलाले सडक क्षतिग्रस्त भएपछि यतिबेला सडकमा ट्रयाक्टर गुडाउनसमेत समस्या भएको छ ।

ट्रयाक खुलेलगत्तै सुक्खा मौसममा ट्रयाक्टर र हलुका सवारीका साधन सञ्चालनमा ल्याइएका ग्रामीण सडकमा वर्षाले क्षति पु¥याएपछि यतिबेला कामै नलाग्ने अवस्थामा छन् ।

सडक नियमित सञ्चालन गर्नका लागि ट्रयाक खुलेलगत्तै नाली निर्माण गर्नुपर्ने भए पनि लामो समयसम्म नाली नबनाइएकाले सामान्य वर्षाले पनि सडकमा क्षति पुर्‍याउने गरेको छ । वातावरणीय प्रभाव मूल्यांकनको समेत वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका साँघुरा सडकमा सवारी सञ्चालन गर्न निकै समस्या छ ।

उदयपुरका मुर्कुची– पुवारे– भुट्टार, बेल्टार– सिद्धिपुर, गाईघाट– साउने– सल्ले, कटारी– माझखर्क, वेतेनी– राउतखर्क– रुपाटार लगायतका ग्रामीण सडक वर्षाले क्षतिग्रस्त भएका छन् । जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाका सबै वडामा कच्ची सडक पुगे पनि ती मापदण्डअनुसारका छैनन् । सरकारी मापदण्डविपरीत र प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गरिँदा हरेक वर्षायाममा सडक अवरुद्ध हुँदै आएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);