बालबालिका शिक्षित भएमात्रैे नेपालको भविष्य उज्वल हन्छः राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२८ भदौ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले बालबालिकाको शिक्षामा लगानी बढाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

राष्ट्रपति भण्डारीले बालबालिका शिक्षित भएमात्रै भोलिको नेपालको भविष्य उज्वल हुने पनि स्मरण गराइन् । राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन सितल निवासमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बालबालिकाहरुलाई शिक्षाको माध्यामबाट स्वस्थ र सक्षम बनाउन सकेमात्रै भोलिको देशको भविष्य सुन्दर हुने स्पष्ट पारिन् । कार्यक्रममा बाल मन्दिर लगायत काठमाडौं उपत्यकाका सामुदायिक विद्यालयका बालबालिकाहरुले गीत, नृत्या लगायत कार्यक्रम प्रस्तुत गरेका थिए ।

राष्ट्रपति भण्डारीको बाल दिवस बालबालिकाहरुसँगै बसेर मनाउने इच्छा अनुसार राष्ट्रपति भवनमै बाल दिवस कार्यक्रम आयोजना गरिएको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);