धनगढी उपमहानगरपालिकामा बसपार्क साँघुरो हुँदा व्यवसायी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

पाण्डव पुजारा, २८ भदौ, कैलाली । धनगढी उपमहानगरपालिकाको मातहतमा रहेको बसपार्क एकलौटी प्रयोग भइरहेको छ । धनगढी बजारमा पर्ने बसपार्क सुदूरपश्चिम यातायात व्यवसायी संघले एकलौटी प्रयोग गरिरहेको हो ।

 

उपमहानगरपालिकाको मातहतमा रहेको बसपार्क सुदूरपश्चिम यातायात व्यवसायी संघले एकलौटी प्रयोग गरिरहँदा अन्य तीनवटा बस व्यवसायी समिति भने चर्को भाडा तिरेर अन्य ठाउँमा बसपार्क बनाउन बाध्य छन् ।

 

उपमहानगरपालिकाको बसपार्क प्रयोग गर्न नपाउँदा २०५० सालमा स्थापना भएको कैलाली यातायात व्यवसायी संघले अहिलेसम्म सडकलाई बसपार्कका रुपमा प्रयोग गरिरहेको छ ।

 

बसपार्क प्रयोग गर्न पाउन माग गर्दै पटक–पटक नगरपालिका धाइरहँदा पनि समस्या समाधान हुन नसकेको व्यवसायीहरू बताउँछन् । धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भने असोज पहिलो साताभित्र सबै यातायात व्यवसायी संघले प्रयोग गर्न सक्ने गरी नयाँ बसपार्क सञ्चालन गर्ने बताउनुभयो ।

 

२०५० मा ५०–६० वटा बसका लागि मात्र निर्माण गरिएको बसपार्कमा सुदूरपश्चिम यातायात व्यवसायी संघका मात्रै करिब साढे पाँच सय गाडी पार्किङ भइरहेका छन् । कर्णाली रिभर यातायात व्यवसायी संघ, मालिका यातायात व्यवसायी संघ र कैलाली यातायात तथा ट्याम्पो व्यवसायी संघले जग्गाभाडामा लिएर बसपार्क सञ्चालन गरिरहेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);