बेरोजगारी समस्या समाधानको काम सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

बेरोजगारी समस्या समाधानको काम सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगारी समस्या समाधानको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानका लागि सरकारले सामाजिक सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याएको पनि स्पष्ट पार्नु भयो । बुधबारबाट काठमाडौंमा सुरु भएको ‘युनि ग्लोबल युनियन एशीया तथा प्यासिफिक रिजन’ को ५ औं क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले गरिवी निवारण र भोकमरीको अन्त्य विश्वका अन्य मुलुकको पनि साझा समस्या भएकाले आपसी सहकार्यको माध्यामबाट सो समस्या समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेपालमा बेरोजगारी समस्या समाधानका लागि सरकारले बाह्य लगानी जुटाएर भएपनि उत्पादनमूलक उद्योग संचालनको कामलाई जोड दिएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले श्रमिकहरुको न्यायको पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको पनि बताउनु भयो । गरिवी, बेरोजगारी, भोकमरी विश्वमा बढदै गएको समस्या भएकाले यसको समाधानमा राष्ट्रहरुबीच बलियो सहकार्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);