निजगढ अन्तरराष्ट्रिय विमानस्थल : आशयपत्र जारी हुन समय लाग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निजगढ अन्तरराष्ट्रिय विमानस्थल : आशयपत्र जारी हुन समय लाग्ने

nijgadh airport

काठमाडौं, ३ मंसिर । पर्यटन मन्त्री योगेश भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको शिलान्यास मंसिरभित्रै गर्ने बताइरहँदा निर्माणको प्रक्रिया अगाडि बढाउन आवश्यक आशयपत्र (आरएफपी) जारी गर्ने काम अझै हुन सकेको छैन । सरकारले असोजको पहिलो साता निजगढ विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिख इन्टरनेशनल एयरपोर्ट (एजी) लाई संक्षिप्त सूची (सर्ट लिष्ट) मा राखेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असोज ६ गते बसेको लगानी बोर्डको ४०औं बोर्ड बैठकले तोकिएको मापदण्ड पुगेका आधारमा ज्युरिख एयरपोर्टलाई छनोट गरी प्राविधिक तथा वित्तीय प्रस्ताव माग्ने बताएको थियो ।

साथै, लगानी बोर्डले २ महीनाभित्रै विमानस्थल निर्माणका लागि आशयपत्र (रिक्वेस्ट फर प्रपोजल) जारी गर्ने तथा सो  आशयपत्र जारी भएको ४५ दिनभित्र ज्युरिखले बोर्डसमक्ष आफ्नो विस्तृत प्रस्ताव बोर्डसमक्ष पेश गर्नुपर्ने बताएको थियो ।

तर दुई महीना बित्न एक साता बाँकी रहँदा पनि आशयपत्र कहिले जारी हुने टुंगो लागेको छैन । लगानी बोर्ड स्रोतका अनुसार आशयपत्र जारी हुन अझै दुईदेखि तीन साता लाग्नेछ । ‘आशयपत्र तयार पार्न गठित प्राविधिक टोली प्रारम्भिक ड्राफ्टलाई परिमार्जन गर्ने क्रममा रहेको छ,’ बोर्ड स्रोतले बतायो ।

आशयपत्रलाई अन्तिम रूप दिनका लागि निजगढ विमानस्थलको ‘माष्टर प्लान’ आवश्यक रहेको तर पर्यटन मन्त्रालयले यसबारेमा सक्रियता नदेखाउँदा ढिलाइ भएको दलील बोर्डको छ । तर बोर्डको दाबी विपरीत पर्यटन मन्त्रालय भने यस विषयमा आपूmहरूलाई लगानी बोर्डले केही नभनेको र आरएफपीको लागि मास्टर प्लान आवश्यक शर्त नभएको बताउँछ । यो समाचार आजको अभियान दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);