सातै प्रदेशमा सम्भावित उत्पादनको प्रोफाइत तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सातै प्रदेशमा सम्भावित उत्पादनको प्रोफाइत तयार

pradesh nepal

काठमाडौं, ३ मंसिर । सातै प्रदेशमा सम्भावित उत्पादनको प्रोफाइल तयार गरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सातै प्रदेशमा भएका वस्तुको पहिचान गरेर प्रोफाइल तयार गरेको हो । सातै प्रदेशमा भएका सम्भावित उत्पदनको पहिचान गरेर निर्यात प्रवद्र्धन गरी आयातलाई प्रतिस्थापन गर्न सघाउ पु(याउने उदेश्यका साथ केन्द्रले उत्पादनको प्रोफाइल तयार गरेको हो ।

केन्द्रले सातै प्रदेशको प्रोफाइल तयार गरेर उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका साथै सातै प्रदेशमा प्रतिवेदन पेश गरिसकेको छ । केन्द्रकी सुचना अधिकारी शान्तिदेवी मल्लले उत्पादन र निर्यातको सम्भावना भएका वस्तुको पहिचान गरिएको बताईन ।

प्रदेशस्तरमा वस्तुको उत्पादन सहित बजारको पहिचान गरिएको उनले जानकारी दिइन । प्रोफाइलमा अन्तरप्रदेश व्यापार हुन सक्ने वस्तुहरू, निर्यात भइरहेका तथा निर्यातयोग्य वस्तुहरू, नेपालको आयात निर्यातको अवस्था, प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु तथा सेवाहरूको तथ्यांकको विवरणहरू समावेश गरिएको केन्द्रले जानकारी दिएको छ ।

प्रदेशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाइ निर्यात अभिवृद्धि मार्फत मुलुकको बढ्दो व्यापारघाटा कम गर्न सहयोग पुग्ने अपेक्ष गरिएको सुचना अधिकारी मल्लको भनाई छ । अन्तर प्रादेशिक व्यापारलाई अभिवृद्धि गरी आयातित वस्तुहरूलाई कम गर्न सकिने अपेक्षा गरिएको छ ।

यस प्रोफाइल प्रतिवेदनबाट प्रत्येक प्रदेशले निर्यात सम्भावना भएका वस्तु तथा सेवाहरूको जानकारी पाउने छन् । अध्ययनका आधारमा निर्यात सम्भावना भएका, आयात प्रतिस्थापन हुने र अन्तर प्रदेश व्यापार सम्भावना बारेमा प्रदेशलाई नीति तर्जुमा गर्न सहयोग पुग्ने केन्द्रको विश्वास छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);