करिव ५ हजार गाँजाका बोट काटेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

करिव ५ हजार गाँजाका बोट काटेर नष्ट

सुनसरी, २९ कात्तिक । सुनसरीको इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका भरिका गाँजाको बोट नष्ट गरेको छ ।

सुनसरीको देवानगंज ईलाका प्रहरी कार्यलय देवानगंजका इन्चार्ज भुवन कार्कीको कमाण्डमा खटिएको टोलीले देवानगंज गाउँपालिका भरिका करिव ५ हजार गाँजाका बोटहरु काटेर नष्ट गरेको हो ।

स्थानीय स्तरमा बिषेश गरी युवाहरु लागु औषधमा फस्ने र कुलतमा लागिरहेको हुँदा त्यस्ता विकृतिलाई हटाउन गाँजा नष्टको गरिएको इलाका प्रहरी इन्चार्ज भुवन कार्कीले जानकारी दिनुभयो । पछिल्लो समयमा सुनसरी प्रहरीले अन्य गाउँपालिकाहरुमा पनि गाँजा नष्ट अभियान थालेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);