काठमाडौं, २६ कात्तिक । व्यवसायी डा. रुपज्योती कंसाकारलाई अपार्टमेन्ट व्यवसाय सम्बन्धी ठगी अभियोगमा पक्राउ परेपछि यतिखेर समग्र नीजि क्षेत्रमा तरंग उत्पन्न भएको छ । लेनदेन नमिलेको विषयमा विमानस्थलबाटै पक्राउ गरी थुनामा राखेपछि व्यवसायीहरुले असुरक्षित महसुस गरेका छन् ।
काठमाडौं जिल्ला अदालतले रुपज्योती र उनकी छोरी सुरुचीलाई म्याद थप गरि अहिले कारागारमा राखेकोछ । प्रहरीले रुपज्योतीसँगै छोरी सुरुचीलाई पनि नियन्त्रणमा लिएको हो र उहाँहरुलाई नियन्त्रणमा लिएसँगै निजिक्षेत्रको असन्तुष्टि रहेकोछ ।
उच्च तहका प्रतिष्ठत व्यापारीलाई समात्नै नहुने भन्ने नभए पनि विषयलाई गम्भिरताका साथ हेर्नुपर्ने व्यवसायिको भनाई छ । सयौंलाई रोजगारको अवसर र राज्यलाई करोडौंको राजश्व बुझाउंदै आएका उद्योगीलाई विमानस्थलबाटै पक्राउ गरी थुनामा राखिएको घटनाले लगानीकर्ता र व्यवसायीको मनोबल गिराएको छ ।
राज्यको जिम्मेवार भूमिका निर्वाह गरिसक्नुभएका व्यक्तिलाई रातारात ज्यानमारा जस्तो गरेर कानुनी कठघरामा उभ्याउनुले व्यवसायिलाई हतोत्साहित बनाएको पूर्वअर्थमन्त्रि शंकर कोइराला बताउनुहुन्छ ।
डा. रुपज्योतिलाई प्राविधिक रुपमा फसाइएको व्यवसायीहरुको बुझाइ छ । व्यापार व्यवसायमा लेनदेनमा तलमाथि हुनुलाई स्वभाविक मानिन्छ । तर प्रक्रियामा रहँदै एउटा जघन्य अपराधीलाई जसरी विमानस्थलबाटै प्रहरी हिरासतमा राखिनुलाई सामान्य मान्न सकिन्न ।
सामाजिक तथा व्यापारीक जीवनमा उच्च छवि बनाएका र कारोबार रकमको आधारलाई हेर्दा रुपज्योति ठगी गर्ने व्यक्तिमा नपर्ने उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेश लाल क्षेष्ठको भनाई छ । यो घटनाले व्यवसायीलाई क्रसित बनाएको छ ।
व्यवसायी डा.रुपज्योती माथिको अभियोग अहिले अदालतमा विचाराधिन छ । अरबौं अरबको उद्योग व्यवसायमा उच्च प्रतिष्ठा र मानमर्यादा बनाएका रुपज्योतिलाई दुई करोड चानचुन ठगीको आरोप लगाइएको छ । जसलाई पत्याउन धेरैले सकिरहेका छैनन् ।
पक्राउ परेका रुपज्योती र उनको छोरीलाई तत्काल रिहा गर्न सर्वसाधारणले काठमाडौंमा धर्ना समेत दिएका छन् । विनाकारण थुनेकोमा सर्वसाधारण आक्रोसित पनि छन् ।
जिल्ला अदालतले शुरुमा ३ तीन र त्यसपछि ५ दिन थुनामा राख्न म्याद थप गरेकोछ । अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका रुपज्योतिलाई मंसिर २० गते पक्राउ गरिएको हो ।
व्यवसायिक व्यापारिक घरानाका व्यक्ति रुपज्योति विदेशबाट स्वदेश फर्कदा विमानस्थलबाटै पक्राउ गरिएको हो । नेपाल उद्योग–वाणिज्य महासंघले व्यवसायी डा. रुपज्योति पक्राउ परेको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
लेनदेनमा भएको तलमाथिलाई जघन्य अपराधको रुपमा हेरी थुनामा राखेपछि अहिले व्यसायीहरुले असुरक्षित महसुश गरेका छन् । राज्यलाई नियमित कर तिरी स्वदेश भित्र लगानी बढाएका यस्ता व्यक्तिको सवालमा देखिने समस्या सुल्झाउन छुट्टै संयन्त्र स्थापना गरि छानबीन हुुनुपर्ने व्यवसायीहरुको सुझाव छ ।