प्रधानमन्त्रीका सल्लाहकारसहित १३ जनाले दिए सामूहिक राजीनामा | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

प्रधानमन्त्रीका सल्लाहकारसहित १३ जनाले दिए सामूहिक राजीनामा

rajinama

काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएपछि सल्लाहकार समूहका पदाधिकारी र स्वकीय सचिवालयका पदाधिकारीसहित १३ जनाले आज राजीनामा दिएका हुन् । प्रधानमन्त्रीलाई आगामी कदम चाल्न सहज होस् भन्नका लागि सल्लाहकार र सचिवालयका पदाधिकारीले राजीनामा दिएको बताएका छन् ।

rajinama

राजीनामा दिनेमा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, प्रमुख स्वकीय सचिव इन्द्र प्रसाद भण्डारी, सूचना प्रविधि सल्लाहकार अस्गर अली लगायतका १३ जना रहेका छन् । सचिवालयका सबै सदस्यलाई राजीनामा गर्न लगाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।