लिक बन्यो, गुडाउने रेल छैन | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

काठमाडौं, २८ भदौ । मुलुकभित्र रेलमार्ग तयार भए पनि गुडाउने रेल नहुँदा स्वदेशमै रेल चढ्ने नेपालीहरुको चाहना पूरा हुन अझै समय लाग्ने भएको छ। भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग आगामी फागुनमा तयार हुँदैछ। सो ट्रयाकमा सञ्चालन गर्ने रेल भने तयार छैन।

जयनगरबाट सुरु भएर जनकपुर हुँदै बर्दिबास पुग्ने ६९।२ किलोमिटरमध्ये ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ। उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा रेल चलाउन सकिने विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल लिक बनिरहेको छ। भारतीय पक्षले पनि फागुनसम्म यो रेलमार्ग पूर्ण तयार हुने जनाएको छ। विभागले उक्त मार्गमा चलाउने रेलको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ। मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन। आजको नागरिक दैनिकमा खबर छ।