बाँदरको सेल्फी विवाद सुल्झियो : फोटोग्राफरको जित | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

काठमाडौँ, २८ भदौ । बाँदरको सेल्फी विषयलाई लिएर दुई बर्ष अगाडी पशु अधिकारकर्मीले दायर गरेको मुद्धामा फोटोग्राफरको जित भएको छ।

ईन्डोनेशियाको जंगलमा सन् २०११ मा मकाक प्रजातीको नारुतो नामक बाँदरले न्यु साउथ वेल्सस्थित मोनामाउथसर निवासी डेभिड स्टेलरको क्यामेरालाई उठाउन खोज्दा उक्त तस्विर लिईएको थियो।

उक्त तस्विर बाँदरले नै खिचेको भन्दै पेटा नामक पशु अधिकारसम्बन्धी काम गर्ने संस्थाले स्टेलरविरुद्ध दायर गरेको मुद्धामा सुनुवाई गर्दै अमेरिकी न्यायधिसहरुले बाँदरलाई सर्वाधिकारसम्बन्धी अधिकार दिन नसकिने फैसला गरेका छन् ।

बाँदरको पक्षबाट पेटाले गरेको अपिल खारेज गरिएको छ तर पनि स्टेलरले उक्त तस्विरबाट हुने आम्दानीको २५ प्रतिशत चन्दा दिने बताएका छन्।आजको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);