जनप्रतिनिधि पक्राउ शृंखला: साढे दुई वर्षमा ८० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

जनप्रतिनिधि पक्राउ शृंखला: साढे दुई वर्षमा ८० जना पक्राउ

nepal police

जबर्जस्ती करणीदेखि ज्यानसम्बन्धी कसुरको आरोप

काठमाडौं, १९ कात्तिक । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो ।

विभिन्न अपराधमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरपालिका प्रमुख र उप्रमुख हुँदै वडा सदस्यसम्म गरी साढे दुई वर्षको अवधिमा ८० जना जनप्रतिनिधिलाई पक्राउ गरी कारबाही अघि बढाएको हो ।उनीहरूलाई ज्यानसम्बन्धी कसुर, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, सरकारी छाप किर्ते, झुटा विवरण पेस गरी नागरिकता बनाएको, कुटपिट, बहुविवाह, सार्वजनिक शान्तिविरुद्ध, अभद्र व्यवहार, गैरकानुनी भेला, ठगी, लागूऔषधसहितका विभिन्न शीर्षकमा पक्राउ गरी कारबाही अघि बढाएको प्रहरी तथ्यांकले देखाउँछ ।

तथ्यांकअनुसार यस अवधिमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, संघीय सांसद मोहम्मद अफताव आलम तथा प्रमोदकुमार साह र कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीसहित कुल ८० जना जनप्रतिनिधि आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । खड्गीले भने अदालतमा आत्मसमर्पण गरेपछि प्रहरीले कारबाही अघि बढाएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);