काठमाडौं, १९ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको छ । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।
पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला पनि सहभागी हुनेछन् । यसअघि आइतबार उपनिर्वाचनका लागि उम्मेदवार छान्न बस्ने भनिएको कांग्रेस बैठक स्थगित भएको थियो । सो बैठकमा कांग्रेसका उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार उपस्थित हुन नसकेपछि बैठक स्थगित गर्नुपरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको थियो ।