संघीय सरकारलाई दिने गरेको बजेट कटौती गर्ने ट्रम्पको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

संघीय सरकारलाई दिने गरेको बजेट कटौती गर्ने ट्रम्पको चेतावनी

trump

एजेन्सी, १८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोको बिषयलाई लिएर संघीय सरकारलाई दिने गरेको बजेटमा कटौती गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा ट्वीट गर्दै उक्त चेतावनी दिएका हुन् । डढेलोको जिम्मेवारी स्थानीय गभर्नरले लिनुपर्ने भन्दै ट्रम्पले वन व्यवस्थापन सही तरिकाले नगरेका कारण आगलागि नियन्त्रण हुन नसकेको आरोप लगाएका छन् ।

अमेरिकाको क्यालिफोर्नीया राज्यको जंगलमा केही सातादेखि भइरहेको डढेलोको कारण एक लाख हेक्टर जमिन नष्ट भइसकेको छ भने हजारौं मानिस बिस्थापित भएका छन् ।

राष्ट्रपति ट्रम्पले स्थानीय प्रशासनको लापरवाहीकै कारण वर्षेनी क्यालिफोर्नियाको जंगलमा डढेलो लागेको बताएका छन् । वर्षेनी दोहोरिने यस्तो दुखद घटना नियन्त्रण गर्न सावधानीका सबै उपाय अपनाउनु पर्ने ट्रम्पको भनाई छ ।

क्यालिफोर्नियाका गभर्नर गोजिम न्युजमले भने जलवायु परिवर्तनका कारण उच्च तापमानले गर्दा आगजनी भएको र यसमा ट्रम्प प्रशासनको नीति जिम्मेवार भएको प्रतिक्रिया दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);