नेकपा सचिवालय बैठक आज पुनः बस्दै, मन्त्रिपरिषद् बैठक पनि आजै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नेकपा सचिवालय बैठक आज पुनः बस्दै, मन्त्रिपरिषद् बैठक पनि आजै

nekapa sachiwalay baithak

काठमाडौं, १७ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसीर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बसेर उम्मेदवारको नाम टुंगो लगाउने भएको हो ।

शनिबार बसेको बैठकमा क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक छलफल गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था बाहिर हल्ला चलाइएको जस्तो गम्भिर नभएकोे बैठकमा जानकारी गराउनु भएको पनि प्रवक्ता श्रेष्ठले बताउनु भयो । यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै मन्त्रिपरिषद् बैठक आजै बस्ने भएको छ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);