उपनिर्वाचनको उम्मेदवार चयनका विषयमा नेकपाभित्र प्रारम्भिक छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपनिर्वाचनको उम्मेदवार चयनका विषयमा नेकपाभित्र प्रारम्भिक छलफल

nekapa sachiwalay baithak

काठमाडौं, १६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको उम्मेदवार चयनका विषयमा प्रारम्भिक छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपाको सचिवालय बैठकले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक छलफल गरेको हो ।

‘अहिले हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरुमाथि प्रारम्भिक छलफल गरेका छौं,’ बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नु भयो, ‘भोली (आईतबार) बस्ने बैठकबाट प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कतिपय मेयरको उम्मेदवारको पनि टुंगो लगाउनेछौं ।’

भोली (आईतबार) बस्ने सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको चयन गर्ने नेकपाको तयारी छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बाहिर आएको जस्तो गम्भिर नरहेको बताउनु भएको थियो ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था गम्भिर नभएकोे बैठकमा जानकारी गराउनु भएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र काम पनि सुरु गर्नु भएको बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);