प्रधानमन्त्रीको उपचार गर्न बालुवाटारमै मेडिकल रुम | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

प्रधानमन्त्रीको उपचार गर्न बालुवाटारमै मेडिकल रुम

PM-Nibas-Baluwatar

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा छिटो–छिटो समस्या देखिन थालेपछि उपचारका लागि बालुवाटारमै मेडिकल रुम बनाउने तयारी भएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै डायलाइसिससमेत गर्न मिल्ने गरी बालुवाटारमै विशेष प्रकारको मेडिकल रुम बनाउने तयारी भएको हो ।

शुक्रबार बालुवाटारमा भेला भएका चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेर्दा निवासमै विशेष उपचार सुविधा आवश्यक देखिएको सुझाब दिएका थिए । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै पनि वेला गम्भीर समस्या देखिए निवासमा साधारण उपचार गर्न पनि सम्भव छैन । जामलगायत समस्याका कारण तत्कालै अस्पताल लैजान पनि कठिन हुन सक्छ । त्यसैले निवासमै मेडिकल रुम बनाउन सुझाब दिएका छौँ,’ प्रधानमन्त्रीको उपचारमा संलग्नमध्ये एक चिकित्सकले नयाँ पत्रिकासँग भने । त्यसमा बालुवाटार पनि सहमत रहेको उनले बताए ।

ती चिकित्सकका अनुसार डायलाइसिस गर्ने उपकरण कस्तो राख्ने भन्नेबारे शुक्रबार चिकित्सकहरूको भेलामा छलफल भएको छ । बेलाबेलामा प्रधानमन्त्रीको नियमित डायलाइसिस गर्नुपर्ने हुन सक्छ । प्रधानमन्त्रीको मुटुमा समेत समस्या भएकाले पनि मेडिकल रुम अनिवार्य भएको ति चिकित्सकले बताए । आइसियूसहितको मेडिकल रुममा विशेषज्ञ डाक्टर र नर्सहरू खटिनेछन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);