काठमाडौँ, १० कात्तिक । प्रहरीले आइतबार काठमाडौंको महाराजगंजबाट जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाइ पक्राउ गरेको छ । प्रहरीले महाराजगंजस्थित होटल साम्बालाको पछाडि एक निजी घरमा करोडौं रुपैयाँ बाजी राखेर जुवा खेलिरहेका अवस्थामा २५ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त, महाराजगंजले आईतबार पत्रकार सम्मेलन गरी अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले जुवाखालबाट २ करोड ६७ लाख नगद, ३ लाखको चेक, ३२ थान कौडा, र चार बुक तास बरामद गरेको महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रहरी नायब उपरिक्षक डिएसपी उमेश लम्सालले जानकारी दिनुभयो ।
लम्साल नेतृत्वको टोलीले सो जुवाखालमा आइतबार २ बजे छापामारेको थियो । जुवाखालमा पेशेवर जुवाडेहरु संलग्न रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा क्यासिनो किङ भनेर चिनिने गुण्डा नाईके बलराम सापकोटा ‘बले’, समेत रहेको डिएसपी लम्सालले बताउनु भयो ।